साउन ३१, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भएको छ । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री ओलीले मोदीसँग टेलिफोन वार्ता गरेको बताए । तर, सम्वादबारे भने परराष्ट्र मन्त्रालयले सूचना सार्वजनिक गर्ने थापाले बताए । कोभिड–१९ को रोकथामबारे दक्षिण एसियाली राष्ट्रका कार्यकारी बीच संयुक्त सम्वाद भएयता दुई प्रधानमन्त्रीबीच कुराकानी हुन सकेको थिएन ।
केही दिन अगाडि प्रधानमन्त्री ओलीले एक टेलिभिजनमार्फत् सीमा समस्या कुटनैतिक माध्यमबाट हल हुने अभिव्यक्ति दिएका थिए । लिम्पियाधुरा सहितको भूमि समेटेर सरकारले नक्सा जारी गरेपछि पहिलो पटक मोदीसँग प्रधानमन्त्री ओलीले सम्वाद गरेका हुन् ।