नेकपा कार्यदलले काम थाल्यो, सचिवालय बैठक भोलि

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ श्रावण ३२, आईतबार (४ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

साउन ३२, काठमाडौं । सत्तारुढ नेकपामा विवाद मत्थर भएसँगै प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद् पुनर्गठनको तयारी थालेका छन् । पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सहमतिमा प्रधानमन्त्री ओलीले मन्त्रीहरूको हेरफेरको तयारी थालेको स्रोतले बताएको छ । प्रधानमन्त्री ओलीले हालका आधा दर्जन मन्त्रीलाई हटाउने तयारी गरेका छन् ।

जसमा उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल, श्रममन्त्री रामेश्वर राय यादव, वनमन्त्री शक्तिबहादुर बस्नेत, स्वास्थ्यमन्त्री भानुभक्त ढकालसमेत पर्ने बालुवाटार उच्च स्रोतले जानकारी दिएको छ । प्रधानमन्त्री ओलीले खानेपानी मन्त्री बिना मगरलाई हटाउने मनस्थिति बनाए पनि प्रचण्डको दबाबका कारण तत्काल निर्णय नलिने भएको बुझिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस