भाद्र १, काठमाण्डौ । नेपाल र भारतबीच संवादको थालनी भएको छ । नक्शा प्रकाशन र लिपुलेकमा भारतीय सडक निर्माण प्रकरणपछि दुई देशबीच बढेको तिक्तताबीच सोमबार दुई पक्षबीच संवादको थालनी भएको हो ।
दुई देशबीच राजनीतिकस्तरमा संवाद नखुलेपनि कर्मचारीस्तरमा भने नेपाल भारतबीच संयुक्त निरीक्षण संयन्त्र (ओभरसाइट मेकानिज्म) को सोमबार भर्चुअल बैठक सम्पन्न भएको हो । यद्यपि, भारतको स्वतन्त्रता दिवसका दिन शनिवार दुबै देशका प्रधानमन्त्रीबीच टेलिफोन संवाद भने भएको थियो ।