कोभिडबारे सीसीएमसीले निर्णय गर्ने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ भाद्र २, मंगलबार (४ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

भाद्र २, काठमाडौं । मन्त्रिपरिषद बैठकले कोरोना कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि आवश्यक योजना तयार गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले सिसिएमसी लाई निर्देशन दिएका छन् । बालुवाटारमा सोमबार साँझ बसेको मन्त्रि परिषदको नियमित बैठकमा प्रधानमन्त्री ओलीले सो निर्देशन दिएका बुझिएको छ ।

सिसिएमसीको संयोजकमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजक छन् । सिसिएमसी बैठकले योजनासहितको प्रतिवेदन ल्याएपछि त्यस विषयमा छलफल गरेर मन्त्रि परिषदबाट निर्णय लिने बैठकमा छलफल भएको एक मन्त्रीले जानकारी दिए । सोहीअनुसार मन्त्रिपरिषद बैठकले प्रेस काउन्सिल नेपालको कार्यबाहक अध्यक्षमा पोखराका पत्रकार दुर्गा भण्डारीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

त्यस्तै, परराष्ट्र मन्त्रालयका सहसचिव तापस अधिकारी, गेहेन्द्र राजभण्डारी, रामकाजी खड्कालाई राजदूतमा सिफारिस गर्ने निर्णय गरेको ती मन्त्रीले जानकारी दिए । सोहीअनुसार मन्त्रि परिषद बैठकले युवा तथा साना स्वरोजगार कोषको उपाध्यक्षमा डा। कल्याण रोकालाई नियुक्त गर्ने निर्णय गरेको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङका अनुसार, युवा तथा साना व्यवसाय स्वरोजगार कोषको कार्यकारी उपाध्यक्षमा डा।कल्याण रोका नियुक्त भएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस