नेकपामा प्रमुख चार विषयमा हुँदैछ ‘बोल्ड’ निर्णय !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ भाद्र २, मंगलबार (४ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

भाद्र २,काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवाद समाधान गर्न बनाइएको कार्यदलले आजबाट औपचारिक रुपमा काम थालेको छ । सोमबार सचिवालय बैठक बसेर कार्यदललाई अनुमोदन गरेपछि कार्यदललाई औपचारिक रुपमा काम गर्न बाटो खुल्ला भएको छ । नेकपा महासचिव विष्णु पौडेल संयोजक रहेको सो कार्यदलमा सुरेन्द्र पाण्डे, भिम रावल, पम्फा भुषाल,जनार्दन शर्मा, शंकर पाखरेल सदस्य रहेका छन् ।

स्रोतका अनुसार कार्यदलले अध्यक्षद्धय र बरिष्ठ नेताहरुसंग छलफल गर्नेछ । कार्यदलका एक सदस्यले अनलाईन केन्द्रलाई भने– पार्टीको विवादलाई पुर्णरुपमा हल गर्नेगरी काम अघि बढेको छ , सबै नेताहरुको राय ,सल्लाह सुनेर ठोस समाधान निकाल्न प्रयास गर्नेछौँ ।

लामो समयदेखि नेकपामा पार्टी विधिसंगत ढंगले चलेन भन्दै प्रचण्ड–झलनाथ खनाल,माधव नेपालले आवाज उठाउदै आएका छन् । पार्टीभित्र लामो समयदेखि अध्यक्ष केपी शर्मा ओली विधिसम्मत ढंगले अघि नबढेको,विभिन्न नियुक्ती स्वच्छाचारी तरिकाले गरेको, सरकारको काम कारवाही गर्दा पार्टीसंग छलफल नगरेको जस्ता आरोप लाग्दै आएको छ । अध्यक्षद्धयकै चाहनामा अहिले बनेको कार्यदलले पार्टी विवाद टुंग्याउने बताइएको छ ।

एक व्यक्ति एक पद लागु गराउन जोड

नेकपाको पछिल्लो विवादको मुख्य जड भनेकै सरकार पार्टीको लगाम भन्दा बाहिर जानु हो । सरकारले गरेका हरेक निर्णयलाई पार्टीमा छलफल गराएर,पार्टीको समेत अपनत्व हुनेगरी अवको दिनमा सरकार सञ्चालन गर्न कार्यदलले सुझाव दिनेछ । नेकपाभित्र अर्को विवाद नेताहरुको दोहोरो जिम्मेवारी हो ।

स्रोतका अनुसार कार्यदलले यसमा पनि व्यापक हेरफेर गर्न सुझाव दिनेछ । अब नेकपाभित्र एक व्यक्ति एक पद लागु गराउन जोड हुनेछ । जसले अहिले भइरहेको आधा विवाद यसैबाट समाधान हुनेछ । सरकारले गरिरहेको स्वच्छाचारी नियुक्तीलाई पुर्ण रुपमा बन्द गराउन कार्यदलले सुझाव दिन सक्छ । कुनै नियुक्त गर्नुपर्ने भए पार्टी भित्र छलफल चलाएर मात्रै निर्णय गर्ने व्यवस्था कार्यदलले गर्नेछ ।

‘पार्टीको घोषणापत्र अनुसार काम गर्न सरकारलाई सुझाव दिनेछ । सरकारले गरेको काम नै पार्टीले गरेको हो भन्ने आभाष हुनेगरी सरकारको नेतृत्व गर्ने प्रधानमन्त्री र मन्त्रीहरु पार्टीप्रति पुर्ण उत्तरदायी हुन सुझाव दिन सक्नेछ ।’-स्रोतले भन्यो

पहिलो चरणमा मन्त्री हेरफेर

स्रोतका अनुसार-‘कार्यदलले सरकारमा रहेको आधा दर्जन भन्दा बढी मन्त्रीलाई फिर्ता बोलाउन सुझाव दिनेछ । खासगरी दुईबर्ष पुगेका र खासै प्रतिफल दिन नसकेका मन्त्रीलाई विदाई गर्नुपर्ने पार्टीभित्र र बाहिर आवाज उठिरहेको छ । यसै अनुसार ती मन्त्रीहरुलाई पार्टीले फिर्ता बोलाउन सक्नेछ ।

सरकारमा राम्रो काम गरिरहेका परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली, कृषिमन्त्री घनश्याम भुषाल, भौतिक योजनामन्त्री बसन्त नेम्वाङले निरन्तरता पाउनेछन् । अन्य मन्त्रीहरुको सवालमा पार्टीले निर्णय गर्न सक्नेछ । उर्जामन्त्री बर्षमान पुनले निरन्तरता पाउने सम्भावना छ । स्रोतका अनुसार यसपाली खानेपानीमन्त्री विना मगरले मन्त्री पदबाट विदाईको हात हल्लाउन पर्ने देखिन्छ ।’

मुख्यमन्त्री परिवर्तन

कार्यदलले विभिन्न प्रदेशका मुख्यमन्त्री हेरफेर गर्न सुझाव दिन सक्ने बताइएको छ । प्रदेश नम्बर १, बागमती प्रदेश, प्रदेश नम्बर ५ को मुख्यमन्त्री हेरफेर हुन सक्नेछन् ।

पार्टीभित्र सबै प्रदेशको सेट नै परिवर्तन गर्नुपर्ने आवाज पनि उठेकोले अन्य प्रदेशबारे पनि छलफल हुनसक्ने स्रोतले बताएको छ । प्रदेशलाई प्रभावकारी ढंगले चलाउन नसकेको, प्रदेश छायाँमा परेको भन्दै विभिन्न तहबाट गुनासो पोखिदै आएको छ ।

प्रधानमन्त्रीको सचिवालयमा पनि केही हेरफेर गरी सन्तुलित बनाउने तयारी रहेको छ ।

आगामी महाधिवेशनको टुंगो

तत्कालिन नेकपा एमाले र एकिकृत नेकपा माओवादीबीच एकता भएको दुईबर्ष नाघिसकेको छ । अहिलेसम्म पार्टीको पोलिटव्युरो,पार्टीको केन्द्रिय विभाग तथा अन्य आवश्यक कमिटी गठन हुन सकेको छैन् । पार्टीभित्र नेताहरुको अन्तर संघर्षले गर्दा एकिकृत पार्टीको सदस्यता, पार्टीको सैदान्तिक लाइनबारे अझै निर्णय गर्न बाँकी छ ।

वडादेखि प्रदेश तहसम्म अधिवेशन गर्ने मिती तय हुन सकेको छैन् । जसले केन्द्रिय अधिवेशनको मितलाई समेत प्रभाव पार्न सक्नेछ । अहिलेको कार्यदलले पार्टीको तहगत अधिवेशन देखि केन्द्रिय महाधिवेशनको मिती तयसम्मको छलफल हुनेछ । यसबारे निर्णय गर्न कार्यदलले सुझाव दिनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस