नेकपाको विवाद समाधान गर्न गठित कार्यदलको बैठक आज पनि बस्दै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ भाद्र ३, बुधबार (४ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

भाद्र ३, काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको विवाद समाधान गर्न गठित कार्यदलको बैठक आज पनि बस्दैछ । तीन दिनदेखि अविच्छिन्नरूपमा बस्दै आएको कार्यदलको बैठक आज पनि दिउँसो तीनबजे पार्टी कार्यालय धुम्बाराहीमा बस्ने सदस्य पम्फा भुसालले जानकारी दिइन् ।

कार्यदलको बैठक आज पनि दिउँसो तीनबजे बस्नेछ । कार्यदलले छलफलका विषय बाहिर सार्वजनिक नगर्ने र सुझाव–प्रतिवेदनका रूपमा पार्टी सचिवालयलाई बुझाउने सहमति भएको छ । स्रोतका अनुसार कार्यदलले दुई अध्यक्षको जिम्मेवारी बाँडफाँडलाई विधानमा व्याख्या गर्नेदेखि, एकता महाधिवेशनको तयारी, मन्त्रिपरिषद् पुनःगठन, संवैधानिक नियुक्ति, मुख्यमन्त्री हेरफेरसम्मका विषयमाथि छलफल गरिरहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस