भाद्र ४,काठमाडौँ । प्रधामन्त्री केपी ओलीले मन्त्रिपरिषदको बैठक बोलाएका छन् । बिहीवार बेलुका ५ वजे बैठक बोलाइएको एक मन्त्रीले जानकारी दिए । यसअघि सोमबार नियमित मन्त्रिपरिषद बैठक बसेको थियो ।
स्रोतका अनुसार मुुलुकमा कोरोना भाइरस (कोभिड-१९) का संक्रमितको संख्या बढदै गएपछि थप रणनीति बनाउन मन्त्रिपरिषद डाकिएको बुझिएको छ ।
बिहीबारबाट उपत्यकामा एक साता निषेधाज्ञा घोषणा भएको छ । गत चैत ११ बाट साउन ७ सम्मको लकडाउन अन्त्य गरेपनि संक्रमित र मृतक संख्या बढेपछि सरकारले अधिकांश जिल्लामा निषेधाज्ञाको नीति अपनाउँदै आएको छ ।