तीज मनाउदा आफ्नो जीवन रक्षालाई उच्च महत्व दिन प्रधानमन्त्रीको आग्रह

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ भाद्र ५, शुक्रबार (४ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

भाद्र ५, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले तीज पर्व मनाउदा आफ्नो जीवन रक्षालाई उच्च महत्व दिन अनुरोध गरेका छन् । सामाजिक संजाल मार्फत तीजको शुभकामना दिदै प्रधानमन्त्री ओलीले कोरोना महामारीले सिर्जना गरेको कष्टकर परिस्थितिका बीच मनाउनु पर्ने अवस्था आएको बताएका छन् । उनले यस बर्षको तीज विगतमा जस्तो भेटघाट, नाचगानम रमझम र उल्लासको अवस्था नरहेको भन्दै विज्ञहरूका सल्लाह र सरकारको निर्देशन अनुरूप नै सामाजिक व्यवहार गर्न आग्रह गरेका छन् ।

यस बर्षको तीज कोरोना महामारीले सिर्जना गरेको कष्टकर परिस्थितिका बीच मनाउनु परेको छ । त्यसैले विगतमा जस्तो भेटघाट, नाचगान, रमझम र उल्लासको अवस्था छैन । विज्ञहरूका सल्लाह र सरकारको निर्देशन अनुरूप नै सामाजिक व्यवहार गर्न मेरो आग्रह छ ।

ताजा अपडेट

खोजी गर्नुहोस