अछाममा बाढी तथा पहिरो प्रभावित : मन्त्री बादल, भट्ट र नेता रावलसहितको टोली जाँदै

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ भाद्र ५, शुक्रबार (४ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

भाद्र ५, काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा बादल, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट र पूर्व मन्त्री भीम रावलसहितको टोली बाढी तथा पहिरो प्रभावित क्षेत्रको स्थलगत अनुगमनका लागि अछाम प्रस्थान गरेको छ ।अछामको रामारोशन गाउँपालिका – ५ कैलाश खोलामा आएको बाढी र पहिरोका कारण भएको भौतिक तथा मानवीय क्षतिको स्थलगत अनुगमनका लागि मन्त्रीहरुसहित नेताहरुको जम्भो टोली त्यसतर्फ प्रस्थान गरेको हो ।

टोलीमा राष्ट्रियसभा सदस्य शेर बहादुर कुँवर र तारामान स्वाँर, नेकपा सुदूरपश्चिम प्रदेश कमिटी सदस्यहरू दिपक साउँद, केशर बहादुर साउँद लगायत सहभागी छन् । कैलाश खोलामा आएको बाढीमा १२ जनाको मृत्यु भएको छ भने ५ जना बेपत्ता छन् । बाढीले घर बगाउँदा कैयौँ परिवार घरबारबिहीन बनेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस