तलबविहीन नबनाउन आग्रह

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ भाद्र ६, शनिबार (४ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

भाद्र ६, काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री डा। युवराज खतिवडाले श्रमिक, कामदार वा पत्रकार कसैलाई पनि तलबविहीन नबनाउन सबै सञ्चार उद्यमी एवं व्यवसायीसँग आग्रह गरेका छन् । श्रमिक, कामदार वा पत्रकार कसैलाई पनि तलब दिन नै समस्या छ भने सरकारले कोरोना कोषबाट लामो समयका लागि सहुलियत दरमा ऋण उपलब्ध गराउने छ भन्दै अर्थमन्त्रीसमेत रहनुभएका खतिवडाले त्यस विषयमा वित्तीय संस्था तथा वाणिज्य बैङ्कसँग कुराकानी भएको जानकारी दिए ।

नेपाल प्रेस इन्स्टिच्युट र बोर्नमथ विश्वविद्यालयले संयुक्त रूपमा तयार पारेको कोभिड–१९ ले नेपालको पत्रकारिता क्षेत्रमा पारेको प्रभाव’ सम्बन्धी राष्ट्रिय सर्वेक्षण प्रतिवेदन शुक्रबार बुझेपछि मन्त्री डा। खतिवडाले यस्तो विचार राखेका हुन् । उनले आर्थिक सुरक्षा प्रदान गर्ने कार्यमा लाग्न सञ्चार गृहसँग आह्वान गर्दै पत्रकार लगायतले वैकल्पिक पेसामा जान नसक्ने भएकाले सञ्चार गृहलाई चालू पुँजी उपलब्ध गराउन सरकार तयार रहेको जानकारी दिए ।

कोरोना समस्या सबैको साझा समस्या भएकाले सबै मिलेर समाधान गर्न सकिन्छ, मन्त्री खतिवडाले भने, यो बेला निराश हुने, डिप्रेसनमा जानुपर्ने अवस्था छैन, पत्रकारिता क्षेत्र नै निराश हुने बेला होइन, कोरोनाविरुद्ध एकजुट भएर लड्ने समय हो । पत्रकारले समाजलाई सही सूचना दिने र असल बाटोमा डो¥याउने हो, तपाईहरु नै निराश हुनुभयो भने हामी पराजित हुन्छौँ, उच्च मनोबल राख्नुहोस्, सरकार तपाईंहरूको साथमा छ ।’’

ताजा अपडेट

खोजी गर्नुहोस