नेकपाको कार्यदलले आजै दुई अध्यक्षलाई प्रतिवेदन बुझाउने

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ भाद्र ६, शनिबार (४ साल अघि)
  • ४७ पटक पढिएको
Post Thumbnail

भाद्र ६,काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विवाद समाधान गर्न गठित कार्यदलले आजै दुई अध्यक्षलाई प्रतिवेदन बुझाउने तयारी गरेको छ । विवाद समाधान गर्न गठित ६ सदस्यीय कार्यदलको बैठक सकिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले पार्टीभित्र उठेका विभिन्न विषय वस्तुलाई मसिनो गरी छलफल गर्दै दस्तावेजीकरण गरेको हो । कार्यदलले गत शनिबारबाट काम सुरु गरेको हो । गत शुक्रबार दुई अध्यक्ष केपी शमा ओली र पुष्पकमल दाहाल प्रचण्डले महासचिव विष्णु पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरेका थिए । उक्त कार्यदललाई सोमबार बसेको सचिवालय बैठकले अनुमोदन गरेको थियो ।

कार्यदलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दुवै पदबाट राजीनामा नगराउनेगरी सहमतिको प्रस्ताव तयार गरिएको बुझिएको छ । त्यस्तै कार्यदलको प्रतिवेदनमा दुवै अध्यक्षको कार्यविभाजन, मन्त्रिपरिषद सदस्यहरुको हेरफेर, प्रदेश सरकार पुनर्गठन, नियुक्ति, सिफारिस लगायत विषयमा पार्टीमा छलफल गरेर मात्रै सरकारले निर्णय गर्ने पनि प्रतिवेदनमा उल्लेख गरिएको श्रोतको दावी छ ।

त्यस्तै प्रतिवेदमा एकता महाधिवेशन आगामी चैत महिनामै गर्नु उपयुक्त हुने सुझाव समेटिएको बुझिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस