नेकपा अध्यक्षद्धयको बैठक सकियो, सचिवालय बैठक आगामी शनिबार बस्ने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ भाद्र ९, मंगलबार (४ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

भाद्र ९,काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आगामी शनिबार बस्ने भएको छ । पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच मंगलबार भएको छलफलपछि भदौ १३ गते ११ बजे सचिवालय बैठक बोलाउने सहमति भएको हो ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकाुर सूर्य थापाले उक्त सचिवालय बैठकको एजेण्डा महासचिव विष्णु पौडेल नेतृत्वको कार्यदलले तयार पारेर बुझाएको प्रतिवेदन रहने बताएका छन् ।

नेकपा विवादबारे भदौ ६ गते कार्यदलले प्रतिवेदन बुझाएपछि मंगलबार बिहान पहिलो पटक ओली दाहालबीच छलफल भएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस