भाद्र १०,काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीभित्र फेरी विवाद शुरु भएको छ । पार्टीभित्र देखिएको विवाद समाधान गर्न बनाइएको कार्यदलले पनि विवाद समाधान गर्ने नदेखेपछि नेताहरु नै कार्यदलको सुझाव थन्क्याउने सोचमा पुगेका छन् । यता प्रचण्ड समुह भने यसबारे बोलेको छैन् । यद्यपी कार्यदलले प्रचण्डलाई कार्यकारीसहितको अधिकार दिनुपर्ने सुझाव पेश गरेकोले उनि खुसी रहेको स्रोत बताउछ । बालुवाटार स्रोतका अनुसार ओली आफ्नो भुमिकामाथि प्रतिवेदनमा सुझाव आउपछि ओली असन्तुष्ट रहेका हुन् ।
मुल त ओली प्रतिवेदनका तीन कुरामा असन्तुष्ट छन् । उनले आफ्नो अधिकार पार्टी संचालनमा कटौति गरेर अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कार्यकारी अधिकार दिने सुझाव मन पराएका छैनन् । त्यसैगरी ओलीले राजनीतिक नियुक्ति लगायतका सरकारका महत्वपुर्ण निर्णयमा पार्टीसँग छलफल गर्नुपर्ने कुराप्रति पनि ओलीको असन्तुष्टी रहेको छ । उनले सरकार संचालनको विषय आफ्नो भएको बताएका छन् ।
सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आन्तरिक विवाद मिलाउन बनाएको कार्यदलको प्रतिवेदनप्रति नेता माधवकुमार नेपाल समूहले आपत्ति जनाएको छ ।
‘एक व्यक्ति, एक पद’ को मुख्य सर्त नै छाडेर प्रतिवेदन बुझाएको भन्दै नेपाल समूहले आपत्ति जनाएको छ । पार्टी अध्यक्ष र प्रधानमन्त्री फरक–फरक व्यक्ति हुनुपर्ने नेपाल समूहको लाइनविरुद्ध कार्यदलले प्रतिवेदन तय गरी बुझाएको छ ।
‘दुई अध्यक्षलाई रिझाउन मात्रै प्रतिवदेन बनाएजस्तो देखियो,’ नेपालनिकट एक स्थायी कमिटी सदस्यले भने, ‘प्रतिवेदनप्रति हाम्रो असहमति छ ।’
यसैगरी सरकारको समिक्षा पार्टी कमिटिमा हुनुपर्ने, स्थायी समिति तथा केन्द्रिय समितिको बैठकले सरकारको समिक्षा गर्ने र बैठक बस्ने कुरामा ओलीको असहमति रहेको हो ।
ओली सरकारको प्रतिवेदनमा प्रंशसा नगरेकोप्रति समेत ओली सन्तुष्ट छैनन् । ओलीले बालुवाटारमा आफ्ना नजिककाहरुसँग सुझाव प्रतिवेदन कार्यान्वयन नगर्ने संकेत गरेका छन् ।