काठमाडौँका मेयरलाई केशव स्थापितको १०० मा शुन्य अंक !

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ भाद्र ११, बिहिबार (४ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

भाद्र ११,काठमाडौँ । काठमाण्डौ महानगरपालिकाका पूर्वमेयर केशव स्थापितले वर्तमान मेयर विद्यासुन्दर शाक्य पूर्णतः असफल भएको बताएका छन् । मङ्गलबार सामाजिक सञ्जालमा विद्यासुन्दर शाक्यलाई काँधमा बोकेको फोटो राख्दै स्थापितले मेयर असफल भएको बताएका छन् ।

केशव स्थापितले विद्यासुन्दरलाई आफूले काँधमा बोकेर जिताएको पनि उनले भनेका छन् । साथै स्थापितले आफूले ल्याएको एक सय एक योजनामा मेयर असफल भएको दाबी गरेका हुन् ।

उनले फेसबुकमा लेखेका हुन्– ‘विद्यासुन्दर शाक्यलाई मैले काँधमा बोकेर जिताएको हो। १०१ योजना मैले ल्याएको हो। मैले दिएको १०१ काम गर्यो भने मेयर भयो। हुदैँ भएन । मेयर असफल भयो भनेर निर्मम भएर भन्ने हो। तपाईको मुल्यांकनमा १०० मा कति अंक दिनुहुन्छ मेयरलाई ? म १०० अंकमा ०० दिन्छु ।’

ताजा अपडेट

खोजी गर्नुहोस