कुलमानलाई सामाजिक सञ्जालले नियुक्ति दिएको होला, सरकारले छैन : सरकारका प्रवक्ता खतिवडा

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ भाद्र ११, बिहिबार (४ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

भाद्र ११, काठमाण्डौ । सरकारका प्रवक्ता युवराज खतिवडाले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई पुनर्नियुक्ति दिनेबारे मन्त्रिपरिषद् बैठकमा कुनै छलफल नभएको बताएका छन् । उनले सामाजिक सञ्जालमा आएका खबरबारे सरकारलाई जानकारी नभएको पनि बताए ।

मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा फेरि जिम्मेवारी दिएकोबारे प्रष्ट पार्न सोधिकएको प्रश्नको जवाफ दिँदै अर्थ एवं सूचना तथा सञ्चार प्रविधिमन्त्री खतिवडाले भने, ’उहाँलाई सामाजिक सञ्जालले नै नियुक्त दिएको होला, सरकारले दिएको छैन । सामाजिक सञ्जालले दिएको नियुक्ति सरकारलाई थाहा हुने कुरा भएन ।’

ताजा अपडेट

खोजी गर्नुहोस