कोरोना कहर : सरकार गफ दिनै ब्यस्त भो, लकडाउन गर्नबाहेक अरु जानेन !

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ भाद्र १२, शुक्रबार (४ साल अघि)
  • २४ पटक पढिएको
Post Thumbnail
  • टिप्पणी

भाद्र १२, काठमाण्डौ । देशमा कोरोना संक्रमणको अबस्था भयाबह बन्दै गइरहेको छ । अहिले केन्द्र सरकारले भन्दा पनि सम्बन्धित पालिका तथा जिल्लाबाट नै बन्दाबन्दी, निषेधाज्ञा लगायतका निर्णयहरु भईरहेका छन् । चीनको बुहानबाट सुरु भएको यो भाइरस नेपाल आउन कुनै समय लागेन । चीनमा देखिएको करिव २ महिना जतिमा नेपालमा पनि देखिन थाल्यो । फ्रान्सबाट आएकी एक महिलामा पहिलो संक्रमण चैत्र १० गते देखिएको थियो । यसपछि सरकारले चैत्र ११ गतेबाटै लागू हुनेगरि देशभर लकडाउनको घोषणा गर्यो । यो अबधीमा बिभिन्न ठाउँमा संक्रमित भेटी नै रहे । लकडाउनमा पनि दैनिक ३,४ सय जनामा कोरोना देखि नै रह्यो । तर सरकारले यसमा पनि कुनै मतलव राखेन । झण्डै ४ महिना लकडाउन बन्दाबन्दी पछि असार १ गतेदेखि केहि प्राबधान राखेर लकडाउन खुल्ला गरियो । तर यो अबधीमा कुनै प्रगति भने भएन । प्रहरी मुख्य चोकमा खटाएर केहि कडाई गरेजस्तो गरेपनि मुख्य गर्नुपर्ने काममा भने सरकार निदाएको छ ।

कोरोना डर हैन पार्टी प्यारो 

कोरोना माहामारीको कुरै नगरे भयो । चाहे मरुन्, चाहे छटपटाउन्, चाहे भोकले मरुन् कुनै मतलव भएन, तर सत्ता हातबाट फुस्केला ? पार्टी अध्यक्षद्धयको यहि हो लडाइँको मूलभूत बिषय । सरकारका दुई अब्बल वा दुई तिहाईका तालुकदार मन्त्री कुर्सिको लागी मरिमेटेर रडाको मच्चाएको सबैले हेरिरहे । पार्टीमा बेला-बेलामा खलल ल्याउने नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतको समुहले यो माहामारीको बिचमा पनि सत्ताको फोहोरी खेल  खेलेपछि प्रधानमन्त्री समेत रहेका केपि शर्मा ओलीलाई रातमा निन्द्रा पर्न छाड्यो । पाटी एकिकरण ताका आलोपालो प्रधानमन्त्री चलाउने सहमती गरेका दुई अध्यक्ष बिचको रडाको अहिलेसम्म पनि पूर्ण रुपमा सामान्य हुन सकेको छैन । जनताहरु कोरोना माहामारीमा उपचार नपाएर छटपटिमै मृत्युवरण गरिरहेको अबस्था, दैनिक हजारौँ संक्रमित थपिरहेको यो काहाली लाग्दो अबस्था, भएका अस्पतालमा आइसियु तथा भेन्टिलेटर समेतको कमी हुने डरमा रुमल्लिरहेको अबस्थामा सरकार लाचारी बनेर सत्ताको लागी र्याल चुहाई रहेको सबैले अनुभुति नगरेका हैनन् । खान नपाएर कोहि मजदुर तथा जनता मर्दैनन् भनेको केहि दिनमै काठमाण्डौ कालीमाटीमा सुर्य बहादुरको ज्यान खान नपाएरै गएको बिषयमा सरकार गम्भिर हुन सकेन ।

पिसिआर परिक्षणको दायरा बढेन , कन्ट्र्याक्ट ट्रेसिङ छैन 

देशमा कोरोना संक्रमण भयावह हुने अबस्थामा पिसिआर परिक्षणको दायरा बढेको छैन। अहिले साबिकभन्दा केहि बढाएपछि नाक फुलाएर परिक्षण बढाईयो भन्नु कत्तिको बुद्धिमत्ताको बिषय हो । कतिपयले भन्ने गर्छन् जनसंख्याको आधारमा त नेपालमा उच्च परिक्षण हो अरे यो ? कुरा यसमा हैन, देशमा रहेका जनताको स्वास्थ्यको बिषय छ । जनताको स्वास्थ्यमा यस्ता नकारात्मक कुरा बढाईदिनु गलत हो । यदि यो परिक्षण बढी नै भएपनि नेपालमा संक्रमण त रोकिने हैन ? यो अबस्थामा दैनिक ३० हजारभन्दा बढी कोरोना परिक्षण हुन जरुरी छ । संक्रमण भएको स्थानमा कन्ट्राक्ट ट्रेसिङ छैन  । सरकार पसलको सटर तान्न निर्देशन दिन्छ , कन्ट्र्याक्ट ट्रेसिङ गर्दैन । अहिलेको मुख्य समस्या नै यही हो । नेपालमा कोरोना परिक्षण किट अभाव भए अहिलेबाटै ल्याउन सुरु गरिहाल्नुपर्छ । ३ महिनाको लकडाउनको अबधीमा एउटा माखो मार्न नसक्ने सरकारलाई यो परिक्षणको दायरा आकाशको फल अब बन्नु भएन । नेपालको स्थिती हेरेर पनि यसमा बिचार गर्नुको बिकल्प छैन । जति धेरै परिक्षण उति धेरै संक्रमित भेटिरहेको अबस्थामा परिक्षणको दायरालाई अझ फराकिलो नबनाउनु पनि सरकार सुतेको अर्को प्रमाण हो । दुई तिहाई सरकार भनेर सत्तामा कुर्लिन जति सजिलो थियो कोरोना महामारीमा लकडाउनको अबस्थामा देखिएन । सामान्य अस्पताल तथा क्वारेन्न्टाईन र आईसोलेसन समेत निर्माण नगरी बसेको यो सरकारको भावी योजना पनि शुन्यमा बितिरहेको छ ।

उच्चस्तरिय समितीको घोटाला र खारेज

कोरोना माहामारी नियन्त्रण गर्न उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलको नेतृत्वमा उच्चस्तरीय समन्वय समिति गठन भएर काम हुँदै आईरहेकोमा खारेज भयो । यो समितीले पनि घाम ताप्ने बाहेक अरु काम गर्न नसकेपछि सरकारले यो समुहलाई खारेज गरेर अहिले कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) ले यो काम गरिरहेको छ । तर यसबाट पनि जनताले सोचेजति काम गर्न सकेको छैन ।
‘कोरोनासँग सम्बन्धित सबै काम एउटै सेन्टरबाट गर्दा प्रभावकारी हुने देखियो । त्यही भएर समिति खारेज गर्ने र उसले गर्दै आएका काम सीसीएमसीले गर्ने निर्णय भएको हो, बालुवाटार उच्च स्रोतले नै यो भन्छ । त्यसो त गत फागुन तेस्रो साता मन्त्री पोखरेलको नेतृत्वमा गठन भएको समितिले गरेका निर्णयहरु विवादित बनेपछि सरकारको समेत आलोचना भएको थियो । समितिको निर्णयअनुसार ओम्नी ग्रुपलाई बजार भाउभन्दा चर्को मूल्यमा औषधि उपकरण खरिद गर्ने जिम्मा दिइएको थियो । उक्त निर्णय कमिसनका आधारमा गरिएको भन्दै सर्वत्र विरोध भएपछि सरकारले ऊसँगको ठेक्का सम्झौता नै खारेज गरेर नेपाली सेनालाई खरिदको जिम्मा दिएको थियो । जता पनि नेपाली सेनालाई दिने भएपछि सरकारका ठुला मन्त्री,नेेेताहरुको सत्तामा पद ओगटेर बस्नुको तुक बुझेका छैनन् जनताहरुले । हरेक सामाग्रीमा घोटाला गरेर पैसा कुम्ल्याउन पल्केकाहरु सत्तामा रहिरहने हो भने ओम्नी ग्रूप जस्ता धेरै गूपसँग साँठगाँठ मिलाएर खाने रहेछन् भनेर ज्वलन्त उदाहरणबाट पुष्टि भएको छ । आम जनता यो

सर्वसाधारण मात्रै होइन, उच्चस्तरीय समितिका कामकारवाहीप्रति प्रधानमन्त्री केपी ओलीसमेत सन्तुष्ट हुन सेकेका थिएनन् । औषधि खरिदको विषयमा सर्वसाधारणले अनियमितता भएको भन्दै बढेको विरोध, लकडाउनका बेला काठमाडौँबाट मानिसहरु बाहिर पठाउने निर्णय, क्वारेन्टिन व्यवस्थापन, लकडाउनको मोडालिटी परिवर्तन र राहत वितरणमा समितिले प्रभावकारी काम गर्न नसकेको भन्दै समितिका संयोजक पोखरेललाई प्रधानमन्त्री ओलीले झपारेका थिए ।

गफ ठुला, काम शुन्य

कोरोना संक्रमण भयाबह भईरहेको अबस्थामा माखो नमारी सरकार पूर्ण रुपमा अझै सुतेर बस्दैछ । बिदेशी बुझाई हेर्ने हो भने लकडाउन भनेको माहामारीलाई निर्मुल पार्न अपनाईने पुर्व तयारीको बाटोको रुपमा लिईन्छ । माहामारी आईसकेपछि यसलाई निर्मूल पार्न चाहिने हरेक ब्यबस्था यो अबधीमा गर्नुपर्छ । अस्पताल निर्माणदेखि लिएर आईसोलेसन, क्वारेन्टाईन,भेन्टिलेटर, अक्सिजन, आइसियु लगायत अति संवेदनशिल क्षेत्रको बिकासमा बढावा दिनुपर्ने ३ महिने अबधीमा सरकार आँखा चिम्लिएर पसारो परेको अहिले आखै अगाडी देख्न सकिन्छ ।
जनताले चुनेर सत्तामा पुराएका नेपालका दुुुइ तिहाई धारीहरु कोरोना निर्मुलमा नराम्रो सँग चुकेका छन् । चीनको कुरा गर्दा दुई दिनमा १ हजार शैयाको अस्पताल बने । हरेक ठाउँको बजेट स्वास्थ्य क्षेत्रमा लगानी गरि सबैलाई अस्पतालको पहुँचमा  ल्याााएर अहिले निर्मुल जत्तिकै भएको खबरहरु आईरहेका छन् । नेपालमा कुनै त्यस्ता सम्झन योग्य अस्पताल बनेका छन् ? सामान्य कार्यक्रममा पनि पत्याउनै नसकिने हावादारी, बेफ्वाकी बोली बोलेर दुई तिहाईको धक्कु लगाए जस्तो कोरोना माहामारीमा केहि प्रगती भएको पाईएको छैन ।

कोरोना नियन्त्रणमा केन्द्रभन्दा स्थानित तह बलियो

संघियता आएसँगै अहिले गाउँ घरमै सिंहदरवार आएको छ । केन्द्र अभिभावक बनेर नेतृत्व लिने सु-अवसरमा प्रदेश सरकार तथा केन्द्र सरकार कानमा तेल हालेर बसेको अनुभूती भएको छ । जतिपनि क्वारेन्टाईन र आइसोलेसन बनेका छन् सबै स्थानिय तहको रोहबरमा बने । बिद्यालयदेखि लिएर हरेक क्षेत्रमा कोरोना संक्रमित राख्ने ब्यबस्था स्थानिय तहले मिलाएका छन् । अब प्राय अधिकार पनि स्थानिय तहलाईनै दिईएको छ । यो जिम्मेवारी त सबैको हो, तर यो अबधीमा अभिभावक बनेर अगाडी बढ्ने बेलामा केन्द्र सरकार र प्रदेश सरकार स्थानिय तहलाई केहि रकम दिएर स्वत पन्छिएको छ । अहिले पिर तथा तनाव स्थानिय सरकारलाई छ,कोरोना देखिए कन्ट्याक ट्रसिङदेखि लिएर सिल गर्ने निर्णय आफै गर्दै आईरहेको छ ।

नेपालमा कोरोना संक्रमण भयाबह

अहिले देशभर संक्रमणको अबस्था भयाह भईरहेको छ । यो समयमा पनि कुनै प्रगति भएको छैन । नेपालमा कोभिड-१९ को संक्रमण ३६ हजार ४ सय ५६ पुगिसकेको छ। समूहगत संक्रमणको चरणमा पुगेको अवस्थामा मानिसहरुको आवतजावत बढ्दै गएको छ । समुदायमा पनि कोरोना देखिसकेको अबस्थामा अझै सरकार उठेको छैन । मृतक दैनिक १० जनाको हाराहारीमा हुने गरेको छ । अब कसरी अगाडी जाने त ? यो प्रश्नको जवाफ छैन सरकारसँग । सरकारले व्यवस्थित गर्न नसक्दा थप चुनौती थपिएको छ ।

लकडाउनले जनतालाई सास्ती प्रगति शुन्य

लकडाउन ताका काठमाण्डौ छाड्ने मानिसहरुको संख्या निकै हुने गरेको थियो । तिनै मानिसको ताँतीलाई प्रधानमन्त्रीले ’नाटक’को संज्ञा पनि दिए । मानिस कोही भोकै मर्दैनन् भनेर प्रधानमन्त्रीले भनिरहँदा रासन सकिएपछि भोकै पर्न थालेका मजदूरहरुलाई उनको आश्वासनले रोक्न सकेन र मानिसहरु दैनिक काठमाडौं छाड्नेको घुइँचो लाग्न थालेको थियो । काठमाण्डौमा खान बस्न समस्या भएपछि सबै गाउँ छिरेकामा लकडाउन खुलेपछि उनीहरुलाई कसरी ल्याउने भन्ने निर्णय नगरी सबैलाई परिक्षणबिना नै काठमाण्डौ भित्रिन दिएर झन् जोखिम बढाएको थियो । फलतः अहिले दैनिक ३ सय भन्दामाथी संक्रमित उपत्यकामा थपिँदै आएका छन् । सिंहदरवार र बालुवाटार निधाएको छ ।

कहिले उठ्छ होला सरकार ?

पहिलेको लकडाउनमा हामी कोरोनाको पहिलो स्तरमा थियौँ । यो समयमा सरकारले सहि निर्णय गरेर अस्पताल तथा अत्याबश्यक बस्तुहरुको जोहो गरेको खण्डमा केहि राहात मिल्ने थियो , तर त्यसो हुन सकेन । लगभग ४ महिनाजति आरा मगर्ने समय सम्झिए । त्यसपछिको लकडाउन खुलेको अबस्थामा संक्रमित दैनिक बढीरहेका छन् । अहिले प्राय जसो सबै जिल्लाहरुमा निषेधाज्ञा कायम छ ।
यो समयमा पनि देशभर दैनिक एक हजारभन्दा बढी संक्रमित थपिरहेका छन् । यो अबस्थाबाट समुदायमा कोरोना संक्रमण फैलिसकेको अबस्था छ । यो अबस्थामा आउँदा सम्म पनि सरकार मुकदर्शक बनेको छ । यहि अबस्था रहेरहे अबको केहि दिन,महिनामा संक्रमण उच्च गतिमा फैलिने छ र मृतकको संख्यामा पनि भारी बृद्धि हुनेमा दुई मत छैन । सरकार उठ्न अझै कति समय लाग्छ ? के हुन पर्ने हो पुर्वाधारहरु निर्माण गर्न ? कोरोना संक्रमित अहिले सामान्य अबस्थामा त घरमै बस्नु भनेर उर्दी जारी गर्ने सरकार पछि भयाबहको अबस्थामा कहाँ राख्ने संक्रमित ? खै अस्पताल बनेका ? सबैलाई पाँच तारे, चार तारे होटलमा लगेर राखेर दैनिक पैसा असुल्ने हो ? अस्पतालमा अक्सिजन,भेन्टिलेटर, आईसियु अभाव भएर बाहिर सडकमै बिरामी छटपटाएको देख्न पर्ने हो ? दैनिक उपचार गर्नुपर्ने मृगौला पिडित, दम लगायतका बिरामीहरुको सहज परिक्षण कहिलेबाट हुन्छ ? कहिलेसम्म सुत्छ सरकार ? यसको जवाफ सायद सरकारसँग पनि छैन ।

ताजा अपडेट

खोजी गर्नुहोस