भाद्र १३, काठमाडौँ । तीन देशका लागि प्रस्तावित राजदूतको संसदीय सुनुवाई प्रक्रिया सुरु भएको छ । संघीय संसदको संयुक्त समिति संसदीय सुनुवाई समितिले सरकारद्वारा तीन देशका लागि प्रस्तावित राजदूतविरुद्ध सार्वजिनक उजुरी आह्वान गरेको हो ।
संसदीय सुनुवाई समिति सभापति लक्ष्मणलाल कर्णले सरकारद्वारा जर्मनी, बेल्जियम र पाकिस्तानका लागि प्रस्तावित नेपाली राजदूतविरुद्ध शुक्रबारबाट सुरु हुनेगरी १० दिनको म्याद दिएर उजुरी आह्वान गरिएको जानकारी दिए ।