मन्त्रिपरिषद हेरफेर बारे प्रधानमन्त्रीको यस्तो जवाफ,भन्छन्-‘मुख्यमन्त्री फेरिँदैनन्’

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ भाद्र १४, आईतबार (४ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

भाद्र १४, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी स्थानीय निर्वाचनभन्दा पहिले प्रदेशका मुख्यमन्त्री परिवर्तन नहुने बताएका छन् । उनले आफ्नो मन्त्रिपरिषदमा रहेका मन्त्रीहरु भने हेरफेर हुनसक्ने बताए । ‘डेढ वर्षपछि स्थानीय निर्वाचनको माहोल सुरु भइसक्छ। त्यसपछि चुनावबाट अहिलेकै मुख्यमन्त्रीहरु पनि आउन सक्छन् वा परिवर्तन पनि हुनसक्छन्,’ प्राइम टेलिभिजनमा पत्रकार ऋषि धमलासँगको अन्तरवार्तामा प्रधानमन्त्री ओलीले भने । उनले यो बीचमा मुख्यमन्त्री परिवर्तन गर्दा अस्थिरता निम्तिने र स्थायित्वमा प्रभाव पर्ने बताए । तर, आफ्नो मन्त्रिपरिषद्का सदस्य भने परिवर्तन हुनसक्ने ओलीको धारणा थियो । आफूले मन्त्रीहरुको हेरफेरबारे विचार गरिरहेको बताए । कार्यकाल सकिन लागेका अर्थमन्त्री डा। युवराज खतिवडालाई निरन्तरता दिने वा नदिनेबारे अहिले नै घोषणा गर्न उचित नहुने प्रधानमन्त्रीको भनाइ थियो। त्यसबारे दुई(चार दिन प्रतिक्षा गर्न आग्रह गरे । उनले त्यसबारे आफूले विचार गरिरहेको र खतिवडाकै निरन्तरता पनि हुनसक्ने वा अरु कसैले उनले भन्दा राम्रो गर्नसक्ने लागेमा परिवर्तन पनि हुनसक्ने बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस