कोरोना रोकथाम तथा नियन्त्रणमा सांसदको परिचालन गरिने

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ भाद्र १५, सोमबार (४ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

भाद्र १५, काठमाडौं । कोरोना रोकथाम तथा नियन्त्रणको लागि सांसदहरुको परिचालन गरिने भएको छ । आइतवार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता डा युवराज खतिवडाले जानकारी दिए । कुनैपनि निर्वाचन क्षेत्रमा प्रत्यक्ष रुपमा निर्वाचित सांसदहरुको नेतृत्वमा समानुपातिक र राष्ट्रिय सभाका सांसदहरुलाई परिचालन गर्न लागिएको उनले बताए ।

उनीहरुलाई जनप्रतिनिधिको हैसियतमा कोरोना रोकथाम तथा नियन्त्रण र उपचारको लागि आवश्यक समन्वय, सहकार्य र अनुगमन गर्न परिचालन गर्न लागिएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस