भाद्र १८, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी नेकपा का दुई अध्यक्षबीचको वार्ता सम्पन्न भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको बैठक सकिएको हो । बिहीबार ११ बजेका लागि तय भएको सचिवालय बैठक बस्ने निर्णय भएको बालुवाटार स्रोतले बताएको छ । बैठक बालुवाटारमै बस्नेछ । आज बस्ने बैठकमा मुख्यतः कार्यदलले बुझाएको प्रतिवेदनमा केन्द्रित छलफल हुने बताइएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ साँझ सवा पाँच बजे बालुवाटार पुगेका थिए ।
अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाका अनुसार बिहीबार बिहान ११ बजे तय भएको बैठक सञ्चालन गर्ने दुवै अध्यक्षबीच सहमति बनेको छ ।