राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओली भेटवार्ता,नियमित भेटघाट मात्र भएको स्रोतको दावी

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ पौष १४, मंगलबार (४ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

पुस १४, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ‌ओलीेले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् । सोमबार साँझ राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच झण्डै दुई घण्टा छलफल भएको शितलनिवास स्रोतले जनाएको छ । नेकपा विवाद र पछिल्ला राजनीतिक घटनाक्रमबीच नेपाल भ्रमणमा आएको चिनियाँ टोलीले राष्ट्रपति, प्रधानमन्त्रीलगायत नेकपाका नेताहरुसँग भेट गरिरहेकै बेला प्रधानमन्त्री ओली राष्ट्रपति भण्डारीसँग भेट्न शीतलनिवास पुगेका हुन् ।

नियमित भेटघाट भएको शितलनिवास स्रोतले जनाएको छ । चिनियाँ उच्चस्तरीय प्रतिनिधि मण्डल नेपालमा रहेका बेला दुवैको भेटलाई अर्थपूर्ण मानिएको छ । चार दिने नेपाल भ्रमणमा आएको चिनियाँ टोलीले आइतबार प्रधानमन्त्री र राष्ट्रपतिलाई भेटेको थियो भने हिजो नेकपाका नेताहरु पुष्पकमल दाहाल प्रचण्ड, झलनाथ खनाल र माधव कुमार नेपालसँग भेट गरेको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस