नेकपा प्रचण्ड–नेपाल गुटले आज काठमाण्डौंमा विरोध प्रदर्शन गर्दै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ पौष १४, मंगलबार (४ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

पुस १४, काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड–नेपाल समूहले आज काठमाण्डौं उपत्यकाका विभिन्न ठाउँमा विरोध प्रदर्शन गर्दैछ । प्रचण्ड–नेपाल समूहले काठमाण्डौंको प्रदर्शनी मार्गमा आज सभा गर्ने भएको हो ।

सभालाई अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाललगायत शीर्ष नेताले सम्बोधन गर्ने तयारी छ । नेकपा प्रचण्ड–नेपाल समूहले प्रतिनिधि सभा विघटनविरुद्ध प्रदर्शन गर्न प्रवक्ता नारायणकाजी श्रेष्ठको संयोजकत्वमा सङ्घर्ष समिति गठन गरेको थियो । यसअघि हिजो प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि देशभर विरोध प्रदर्शन गरेको थियो ।

यसैक्रममा भक्तपुरमा आयोजित कार्यक्रममा पार्टी सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा विघटनको विषय सर्बोच्चमा पुगेको भन्दै नेपाली कांग्रेसले अदालतको निर्णय मान्य हुने बताए । सभापति देउवाले अदालतमा विचाराधीन मुद्दालाई प्रभावित पार्न नहुने भन्दै सर्वोच्चको निर्णयपछि काँग्रेसले आवश्यक निर्णय लिने बताएका थिए ।

 

ताजा अपडेट

खोजी गर्नुहोस