पत्रकार थापाद्धारा पदक अस्वीकार

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७८ आश्विन ३, आईतबार (३ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

असोज ३, काठमाडौं । संविधान दिवस २०७८ को अवसरमा सरकारले प्रदान गर्ने पदक पत्रकार हरिबहादुर थापाले अस्वीकार गरेका छन् ।

इकागज डटकमका प्रधानसम्पादक थापाले सामाजिक सन्जालमार्फत् पदक अस्वीकार गरेको जानकारी दिएका छन् । उनले लेखेका छन्, ‘सुप्रबल जनसेवाश्रीमा १२ नम्बरमा उल्लिखित म हरिबहादुर थापा पदक अस्वीकार गर्ने जानकारी गराउँछु ।’

उनले पदक वितरणको विधि र पारदर्शीतामा खुला बहस हुनुपर्ने पनि जनाएका छन् । थापा लेख्छन्, ‘राज्यले सम्मान नै गर्नुहुन्न भन्ने होइन, तर सम्मान स्वयं सम्मानित हुने गरी मात्र सम्मान गर्नुपर्छ । कोही किन पदक पाउँछ वा दिइन्छ भन्नेबारे खुला बहस हुनुपर्छ, विधि लोकतान्त्रिक र पारदर्शी हुनुपर्छ ।’

सरकारले संविधान दिवस २०७८ को अवसरमा ९ सयभन्दा बढीलाई पदक दिने निर्णय गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस