नेकपा (एस)को केन्द्रीय कमिटी बैठक बस्दै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ आश्विन ५, मंगलबार (३ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

असोज ५, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक आज बस्ने भएको छ । नेकपा (एमाले) बाट फुटेर नेता माधवकुमार नेपालको नेतृत्वमा स्थापना भएपछि पहिलो पटक पार्टीको केन्द्रीय कमिटी बैठक बस्न लागेको हो ।

बुधबारसम्म बस्ने बैठकमा समसामयिक राजनीतिक विषयवस्तु, देशभर सङ्गठन विस्तारका लागि आवश्यक रणनीतिमा छलफल गरिने छ । बैठकमा पार्टीका विभिन्न विभाग, जनवर्गीय सङ्गठन, सम्बन्धित आयोगका गठन, पुनः गठन, विस्तार तथा सुदृढीकरणका लागि आवश्यक छलफल गरिने बताइएको छ । केन्द्रीय कमिटी बैठक दिउँसो २ बजे बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा बस्ने केन्द्रीय कमिटी सदस्य मेटमणि चौधरीले बताए ।

बैठकमा सरकारलाई सफल बनाउन पार्टीले निर्वाह गर्नुपर्ने भूमिका, सरकारमा सहभागिताको विषय, राजनीतिक सङ्गठन प्रबद्र्धनका लागि राष्ट्रियस्तरमा के कसरी अभियान सञ्चालन गर्ने भन्ने विषयमा पनि छलफल हुने बताइएको छ ।

सोही बैठकले केही नेताको विभाग हेरफेर गर्ने र केही नेतालाई नयाँ जिम्मेवारी तोक्न सक्ने जनाइएको छ । बैठकमा ११३ केन्द्रीय सदस्यको सहभागिता हुनेछ ।

पार्टीले अहिलेसम्म देशका ५५ जिल्लामा कार्यसमिति गठन गरेको छ । सङ्गठन विस्तारका लागि सदस्यता वितरणको तयारीमा सो पार्टी रहेको छ । पार्टीको सङ्गठन विस्तारका लागि वितरण गरिने सदस्यताको फारम अनलाइनबाट उपलब्ध गराइने छ ।

बामपन्थी पृष्ठभूमि भएका पार्टी सदस्यता लिन चाहने नेतालाई पुरानै सदस्यता कायम गरिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस