नेपालसहित १४ सांसदविरुद्धको रिटको सुनुवाइ आज पनि हुँदै

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७८ आश्विन ५, मंगलबार (३ साल अघि)
  • १४ पटक पढिएको
Post Thumbnail

असोज ५, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालसहित १४ सांसद, सभामुख, निर्वाचन आयोग र लुम्बिनी प्रदेशका दुई सांसदविरुद्ध दर्ता गरेको रिटको सुनुवाइ आज पनि हुँदैछ ।

हिजो र अस्ति न्यायाधीशद्वय दीपककुमार कार्की र कुमार चुडालको संयुक्त इजलासमा बहस भएको मुद्दा ‘हेर्दा हेर्दै’ मा राखिएको थियो ।

आजको इजलासले अन्तरिम आदेश जारी गर्ने वा नगर्ने निर्णय गर्नेछ । यो मुद्दामा अन्तरिम आदेश जारी भएमा माधवकुमार नेपालसहित १४ सांसदको पद गुम्न सक्छ । बहसका क्रममा निवेदक पक्षका कानुन व्यवसायीहरुले नेकपा एमालेबाट विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादी पार्टीको दर्ता गैरकानुनी रहेको बताएका थिए ।

यसअघि, न्यायाधीश दीपककुमार कार्की र मीरा खड्काको संयुक्त इजलासमा गएको भदौ २८ गते पेशी तोकिएको भए पनि ‘हेर्न नभ्याइने’ सूचीमा परेको थियो । गएको भदौ १६ गते ओलीकोतर्फबाट सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस