प्रधानन्यायाधीशबारे समाचार र प्रचारमा सत्यता छैन : सरकारका प्रवक्ता कार्की

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ आश्विन १९, मंगलबार (३ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

असोज १९, काठमाडौं । सरकारका प्रवक्ता ज्ञानेन्द्र कार्कीले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले मन्त्रीमा आफ्नो भाग खोजेको भन्ने समाचार र प्रचारमा कुनै सत्यता नभएको दावी गरेका छन् । ‘मन्त्रिपरिषद विस्तारबारे प्रधानन्यायाधीशलाई जोडेर आएका समाचारमा कुनै सत्यता नभएको कार्कीले बताए।

यसअघि मन्त्रिमण्डलमा प्रधानन्यायाधीश राणाले समेत भाग खोजेको प्रचार भएको थियो । उक्त प्रचारको सर्वोच्च अदालतले समेत खण्डन गरिसकेको छ । उनले आजै बिहान गठबन्धनका शीर्ष नेताहरुबीच चाँडै मन्त्रिपरिषद विस्तारबारे छलफल भएको पनि बताए ।

 

ताजा अपडेट

खोजी गर्नुहोस