मन्त्री छान्न पौडेल समूहको बैठक बस्दै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ आश्विन २०, बुधबार (३ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

असोज २०, काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको बैठक बस्दैछ । बुधबार दिउँसो २ बजे पौडेल निवास बोहोराटारमा बैठक बस्न लागेको हो । पौडेल पक्षीय एक नेताका मन्त्री हुनेको नाम टुंगो लगाउन बैठक बस्न लागेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी थालेपछि पौडेल समूहले आफ्नो कोटाबाट मन्त्री बन्ने नाम टुंगो लगाउन छलफल गर्दैछ ।

प्रधानमन्त्री देउवाले दुई मन्त्रालय पाउने भएपनि पाँच जनाको नाम छलफलमा प्रस्ताव गरिएको छ । सुजाता कोइराला, मिनेन्द्र रिजाल, दिलेन्द्र बडू, राजन केसी र तुलानारायण चौधरीको नाममा छलफल हुनेछ । जसमध्ये दुईजनालाई मन्त्रीका लागि सिफारिस गरिने एक नेताले  जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस