कांग्रेस महाधिवेशनः कीर्तिपुर नगर सभापतिमा कृष्णमान डंगोल

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७८ आश्विन २१, बिहिबार (३ साल अघि)
  • २४ पटक पढिएको
Post Thumbnail

असोज २१, काठमाडौँ । नेपाली कांग्रेसको कीर्तिपुर नगर सभापतिमा कृष्णमान डंगोल चयन भएका छन् । पूर्वमहामन्त्री प्रकाशमान सिंहनिकट डंगोल सर्वसम्मत रूपमा बुधबार कांग्रेस कीर्तिपुर नगर कार्यसमिति चयन भएका हुन् ।

यस्तै उपसभापतिमा सुदन बस्नेत र राजिता महर्जन गौतम चयन भएका छन् । सचिवमा भने इच्छाकुमार महर्जन र किरण केसी चयन भए । सहसचिवमा सूर्यकान्त कोइराला र सानुमैया महर्जन चयन भएका छन् ।

यस्तै कोषाध्यक्षमा भने पवित्रा विष्टलाई मनोनित गरिएको छ । कांग्रेस विधानअनुसार कोषाध्यक्ष पदमा मनोनित गर्ने व्यवस्था छ ।

ताजा अपडेट

खोजी गर्नुहोस