बागमतीमा यही साता नयाँ सरकार बन्ने ! एकीकृत समाजवादीले नेतृत्व गर्दै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ आश्विन २१, बिहिबार (३ साल अघि)
  • ४९ पटक पढिएको
Post Thumbnail

असोज २१, काठमाडौँ ।  बागमति प्रदेशको मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको पद अबको चार दिनपछि जाने भएको छ । शाक्यले नेतृत्वको प्रदेश मन्त्रिपरिषदले असोज २४ गते प्रदेश सभाको बैठक डाकेका छ । मुख्यमन्त्री शाक्यले असोज २५ गतेभित्र विश्वासको मत लिनै पर्ने बाध्यता रहेको छ ।

१ सय ९ सदस्यीय प्रदेशसभामा शाक्यको दल नेकपा एमालेका ४३ सांसद मात्र छन् । प्रदेशसभाको विश्वास लिन शाक्यले ५५ सांसदको समर्थन जुटाउनुपर्छ ।

माधव नेपाल समुहमा रहेका शाक्य अन्तिम समयमा ओली क्याम्पमा लागेर मुख्यमन्त्री बनेकी थिइन् । शाक्यलाई घर पठाएपछि माधव नेपालको पार्टी नेकपा (एकिकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्र पाण्डेलाई नयाँ मुख्यमन्त्री बनाउने समझदारी सत्ता गठबन्धनमा भैसकेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस