सत्तारुढ दलका शीर्ष नेताहरुको बैठक बस्दै

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७८ आश्विन २१, बिहिबार (३ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

असोज २१, काठमाडौँ । मन्त्रिपरिषद् विस्तार अघि सत्तारुढ दलका शीर्ष नेताहरुको बैठक बस्दैछ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकले भागवण्डाअनुसार दलहरुले पाउने मन्त्रालयलाई अन्तिम रुप दिने नेताहरुले बताएका छन् ।

वर्तमान मन्त्रिपरिषदमा नेपाली कांग्रेसले ८, माओवादी केन्द्रले ५, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा)ले समान ४/४ मन्त्रालय लिने सहमति भएको थियो । कांग्रेस, माओवादी र एकीकृत समाजवादीले एक/एक राज्यमन्त्री पनि पाउनेछ ।

माओवादीले तीन मन्त्री र राज्यमन्त्रीको नाम टुंगो लगाएको छ । एकीकृत समाजवादीका नेता विरोध खतिवडाका अनुसार शीर्ष नेताहरुको बैठकमा अध्यक्ष माधवकुमार नेपालले मन्त्रीको नाम दिन सक्नेछन् ।

 

ताजा अपडेट

खोजी गर्नुहोस