रोकियो मन्त्रीपरिषद् बिस्तार: दलहरूमा भागबन्डालाई लिएर लफडा !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ आश्विन २१, बिहिबार (३ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

आश्विन २१, काठमाडौ । बिहीबार मन्त्रिपरिषद विस्तार नहुने भएको छ ।

सत्तारुढ गठबन्धनमा रहेका दलहरुले मन्त्रीको नाम करिब टुंगो लगाइसके पनि दलहरुबीच मन्त्रालय भागवण्डामै विवाद भएपछि मन्त्रिपरिषद विस्तार हुन नसकेको हो ।

सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेसले ८, नेकपा माओवादी केन्द्रले ५, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले ४–४ मन्त्रालय लिने सहमति भएको थियो ।

तर मन्त्रालयका विषयमा दलहरुबीच कुरा नमिलेका कारण बिहीबार मन्त्रिपरिषद विस्तार हुन नसकेका स्रोतले बताएको छ । अब शुक्रबार विस्तार हुने स्रोतको भनाइ छ ।

ताजा अपडेट

खोजी गर्नुहोस