आश्विन २२, काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रिपरिषद विस्तार गर्दैछन् । सत्ता गठबन्धनका दलहरुबाट मन्त्री बन्नेहरुको नाम प्राप्त हुनासाथ मन्त्रिपरिषद विस्तार गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
आफ्नो भागमा परेका मन्त्रालय सम्हाल्नेहरुको नाम टुंगो लगाउन नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) बिहानैदेखि आन्तरिक छलफलमा व्यस्त छन् । नेकपा माओवादी केन्द्रले भने बुधबारै मन्त्री बन्नेहरुको नाम टुंगो लगाएको थियो ।
बिहीबार सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकले मन्त्रालय बाँडफाँटमा सहमति जुटाएको थियो ।