उद्योगमन्त्री गजेन्द्र हमालले राजीनामा दिँदै

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७८ आश्विन २४, आईतबार (३ साल अघि)
  • २८ पटक पढिएको
Post Thumbnail

असोज २४, काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्र हमालले आफूले पदबाट राजीनामा दिन लागेको बताएका छन् । चौतर्फी आलोचना भएपछि आफू विवादमा नफस्ने भन्दै उनले राजीनामा दिन लागेका हुन् ।

उनले कांग्रेस र आफ्नो बदनामी गरिएको भन्दै राजीनामा दिन लागेको जानकारी दिए । “म राजीनामा दिने तयारीमा छु, आजै दिन्छु, कांग्रेस र मेरो बदनामी भयो,” उनले भने, “राजीनामा दिन्छु स्वीकृत गर्ने नगर्ने प्रधानमन्त्रीको कुरा हो ।”

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको कोटामा मन्त्री बनेको भन्दै उद्योगमन्त्री हमालको आलोचना भैरहेको छ । देउवा निकट हमाल नाताले प्रधानन्यायाधीश जबराको जेठान हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस