भाद्र २४, काठमाडाैँ । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक काेइरालाले चिनियाँ राजदूत चेङ्ग साेङले केही दिन अगाडि दिएकाे अभिव्यक्ति कुटनैतिक मर्यादा विपरित भएकाे बताएका छन्।
नेपाल प्रेस युनियन रामेछापले आयाेजना गरेकाे पत्रकार सम्मेलनमा उनले चिनियाँ राजदूतकाे अभिव्यक्तिलाई सरकारले नाेटिसमा राख्नपर्ने बताए।
काेइरालाले चीन र भारत दुवै मित्र भएकाले काठमाडौमा रहेर एकले अर्काकाे बारेमा टिप्पणी गर्नु कुटनैतिक मर्यादा विपरित हुने बताए। उनले नेपाली कांग्रेसमा चरमगुटबन्दी भएकाका कारण समस्या भएकाे बताउदै कांग्रेसकाे गुटबन्दी राेक्न सक्ने सामथ्र्य आफूले मात्र राख्ने बताए।