प्रधानमन्त्रीको चीन भ्रमण : छिमेकीसँग विश्वासको वातावरण बनाउन शीर्ष नेताहरुको सुझाव

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० भाद्र २४, आईतबार (१ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

भाद्र २४, काठमाण्डौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई छिमेकी मुलुकलाई विश्वासमा लिन सुझाव दिइएको छ । आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदबारमा प्रधानमन्त्री प्रचण्डले पूर्व प्रधानमन्त्रीसहित संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख नेताहरू, परराष्ट्र मन्त्री, पूर्व परराष्ट्रमन्त्रीहरु लगायतसँग गरेको छलफलमा उनीहरुले चीन र भारतलाई नेपालले विश्वासमा लिएर अगाडि बढ्न सुझाव दिएका हुन् ।

बैठकपश्चात पूर्व परराष्ट्रमन्त्री रमेशनाथ पाण्डेले भारत र चीनले नेपालको नेताबाट विश्वास गुमाउँदै गएको बताए । उनले भने, ‘भारत र चीनले नेपालको नेताबाट विश्वास गुमाउँदै गएका छन् । किन विश्वास गुमाए ? किन नेपाललाई पत्याएनन् ? यो विषयमा मनन गर्न सुझाव दिएका छौं ।’

चीनले पनि नेपाललाई पत्याउन छाडिसकेको बताउँदै पाण्डेले त्यसकारण छिमेकी मुलुकले अपत्यार गर्नु राम्रो नभएको बताए । उनले तुरुन्त छिमेकी मूलुकसँग विश्वासको वातावरण बनाउन सुझाव दिएको जानकारी दिए ।

यस्तै जनमत पार्टीका अध्यक्ष सिके राउतले गरिबी निवारण गर्न चीनले उपायहरु के–के अवलम्बन गरेको छ बुझ्न सुझाव दिएर उनले भने, गरिबी निवारण गर्नमा चीनले के–के उपाय गरेको छ । भ्रमणमा बुझ्नुहोस् र नेपालमा लागु गर्नुस् ।’ उनले चीनियाँ उद्योग नेपालमा खोल्ने वातावरण बनाउन समेत आग्रह गरे । उनले भने, ‘मल उद्योग पनि तत्काल खोल्नु प¥यो ।’

ताजा अपडेट

खोजी गर्नुहोस