भाद्र २४, काठमाण्डौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानमा उल्लेख समाजवादको मर्मअनुसार अभ्यास गर्न नपाएको बताएका छन् ।
आइतबार पार्टी कार्यालय सानेपामा पार्टीले आयोजना गरेको तीन दिने ‘वीपी साहित्य महोत्सव’को उद्घाटन गर्दै सभापति देउवाले नेपाल समाजवाद उन्मुख राष्ट्र भनेर संविधानमा नै लेखेको भए पनि यसको मर्मअनुसार अभ्यास गर्न नपाएको बताएका हुन् ।
देउवाले समयको अन्तरालसँगै मुलुक पनि वीपीले देखाएको प्रणालीमा अघि बढेको तर विभिन्न कारणले स्थायित्व नपाएको जिकिर गरे । काँग्रेस बहुदलीय संसदीय शासन प्रणाली र प्रजातान्त्रिक समाजवादी अर्थ व्यवस्थालाई आफ्नो मूल सिद्धान्त र आर्दश कायम गरेर अघि बढेको उनले बताए ।