संसद सत्ताधारी दलले आफू अनुकूल सञ्चालन गर्ने रहेछन् : सांसद साह

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० भाद्र २५, सोमबार (१ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

भाद्र २५, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा संसदीय अभ्यासमा नयाँ छ । तर रास्वपाका सांसदले संसदमा उठाउने आवाज भने लामो समय संसदीय अभ्यासमा भिजिसकेका दलका सांसदको भन्दा कम छैन ।

रास्वपाबाट समानुपातिक सांसद चुनिएका असिम साहको करिब नौ महिनाको संसदीय अभ्यास भने उनले चाहे जति सन्तोषजनक छैन । उनकै शब्दमा भन्दा, ‘एक्सन ओरिन्टेट’ काम गर्न सदन र सरकार दुवै असफल छन् । सांसद साहले सुरुआती दिनमा संसदीय अभ्यास र गतिविधि बुझ्नै समय लागेको तर पछि बुझ्दै गएपछि संसद् पनि स्वतन्त्र ढङ्गले सञ्चालन हुने नसकेको आभाष भएको बताए ।

‘सुरुमा हामी आफै सिकिरहेका थियौँ । हाम्रो आफ्नै भोगाइ र सिकाइ रह्यो । तर बुझ्दै जाँदा संसद् सत्ताधारी दलबाट आफ्नो अनुकूल सञ्चालन हुने रहेछ भन्ने थाहा भयो’, सांसद साह भन्छन्, ‘हामीले पटक–पटक सदन अवरोध नगर्न अनुरोध गरिरह्यौँ तर सत्तापक्ष र प्रतिपक्ष दुवैतर्फबाट संसद् अवरोध भयो । बाहिर एउटा विषय देखिने तर प्रमुख दलको बैठकमा बसेर भित्र अर्कै बार्गेनिङ चल्ने रहेछ ।’ आफू सांसद भएपछि सदन किन अवरुद्ध हुन्छ र कसरी खुलाइन्छ भन्नेबारे स्पष्ट भएको उनको भनाइ छ ।

ताजा अपडेट

खोजी गर्नुहोस