‘सरकार टिकाउन होइन भ्रष्टाचारविरुद्ध लागेको छु’ : प्रधानमन्त्री दाहाल

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० भाद्र २५, सोमबार (१ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

भाद्र २५, विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू सरकार टिकाउन नभएर भ्रष्टाचारविरुद्ध लागेको बताएका छन् ।
सोमबार विराटनगरमा समाजवादी मोर्चा नेपालले आयोजना गरेको सन्देश सभालाई सम्बोधन गर्दै उनले आफुलाई सरकार कतिन्जेल टिक्छ भन्नेमा चिन्ता नभएको भन्दै भ्रष्टाचारविरुद्ध लागेको बताएका हुन् ।

भुटानी शरणार्थी, ललिता निवास जग्गा प्रकरण, सुन प्रकरण लगायतका भ्रष्टाचार र भ्रष्टाचारीको विरुद्वमा सरकार लागेको बताउँदै उनले तर, केही तत्व भने सरकारविरुद्ध लागेकाले सरकारको आयुबारे प्रश्न उठेको बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस