संविधानसभा अध्यक्ष एवं नेकपा एमाले उपाध्यक्ष नेम्वाङको निधन

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० भाद्र २६, मंगलबार (१ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

भाद्र २६, काठमाडौँ । संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको ७१ वर्षको उमेरमा हृदयाघातबाट निधन भएको छ ।

उनलाई घरमै हृदयाघात भएकोमा उपचारका लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा लगिएको थियो । तर उनको बाटोमै निधन भएको जनाइएको छ । शिक्षण अस्पतालका इमरजेन्सी विभागका प्रमुख डा रमेश महर्जनका अनुसार, उनलाई राती १:२० बजे अस्पताल ल्याएको थियो ।

नेम्वाङको निधनको खबर पाए लगतै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरु अस्पताल पुगेका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस