नेम्वाङको पार्थिव शरिर श्रद्धाञ्जलीका लागि एमाले पार्टी कार्यालयमा राखिने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० भाद्र २६, मंगलबार (१ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

भाद्र २६, काठमाडौँ । एमाले उपाध्यक्ष समेत रहेका संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरिरलाई श्रद्धाञ्जलीका लागि एमाले पार्टी कार्यालय च्यासलमा राखिने भएको छ । नेम्बाङको सोमबार राति निधन भएको थियो । एमाले उपमहासचिव विष्णु रिमालका अनुसार केहीबेरमा पार्टी कार्यालयमा पुर्‍याइनेछ । १२ बजेपछि श्रद्धाञ्जलीको कार्यक्रम राख्ने एमालेको तयारी छ ।

नेम्वाङका दुई छोरा विदेशमा रहेकाले उनीहरू आएपछि मात्र अन्त्येष्टि गरिने बताइएको छ । बालुवाटारस्थित निवासमै समस्या भएपछि सोमबार राति उनलाई अस्पताल लगिएको थियो । अस्पताल पुग्दा उनको निधन भइसकेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस