एमाले उपाध्यक्ष नेम्वाङको निधनप्रति माधव नेपालद्वारा दुःख व्यक्त

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० भाद्र २६, मंगलबार (१ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

भाद्र २६, काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गए राति निधन भएका नेकपा एमालेका उपाध्यक्ष एवं संसदीय दलका उपनेता स्व। सुवासचन्द्र नेम्वाङप्रति श्रद्धाञ्जलि प्रकट गरेका छन् ।

महाराजगन्जस्थित शिक्षण अस्पतालमा आज बिहान पुगेर अध्यक्ष नेपालले स्व नेम्वाङको निधनमा दुःख व्यक्त गर्दै श्रद्धाञ्जलि अर्पण गरेका हुन् ।
संविधान सभाका अध्यक्ष नेम्वाङको पार्थीव शरीर केहीबेरपछि पार्टी केन्द्रीय कार्यालयमा लगिने एमाले संसदीय दलका सचेतक महेश बर्तौलाले जानकारी दिए ।

नेम्वाङको पार्थीव शरीर आज दिनभर पार्टी कार्यालयमा राखिने र बुधबार अन्त्येष्टि गरिने जनाइएको छ । एमाले उपाध्यक्ष नेम्वाङको गए राति आफ्नै निजी निवास बालुवाटारमा हृदयघात भएको थियो । उपाध्यक्ष नेम्वाङको निधनबारे जानकारी लिन पार्टी नेता तथा कार्यकर्ता अस्पताल पुगेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस