गौ हत्याको बिरोधमा राप्रपाले काठमाडौंमा प्रदर्शन गर्दै

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०८० भाद्र २७, बुधबार (१ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

भाद्र २७, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले आज काठमाडौंमा प्रदर्शन गर्ने भएको छ ।

गौ हत्याको बिरोधसहित राजतन्त्र पुर्नबहाली, हिन्दु राष्ट्रको माग, संघीयता खारेजीलगायतको माग राखेर काठमाडौंमा प्रदर्शन गर्न लागेको हो ।

राप्रपा प्रचार बिभाग प्रमुख मोहनकुमार श्रेष्ठका अनुसार भृकुटीमण्डपमा सो प्रदर्शन गरिने छ । सो बिरोध प्रदर्शन १२ बजेबाट सुरू हुनेछ। राप्रपाले गौ हत्या बढे पछि बिरोध स्वरूप प्रदर्शन गर्दै आएको छ । सोही क्रममा आज काठमाडौंमा प्रदर्शन गर्न लागेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस