नेम्वाङको आज राजकीय सम्मानका साथ अन्त्येष्टि गरिँदै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० भाद्र २८, बिहिबार (१ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

भाद्र २८, काठमाडौँ । संविधानसभाका अध्यक्ष, पूर्वसभामुख तथा नेकपा ९एमाले०का उपाध्यक्ष सुवास नेम्वाङको आज अन्त्येष्टि गरिँदै छ । बिहान ११ बजे पशुपति आर्यघाटमा अत्येष्टि गरिन लागेको हो ।

सरकारले नेम्वाङको राजकीय सम्मानका साथ अन्येष्टि गर्ने निर्णय गरेको छ भने आज सार्वजनिक बिदा पनि दिएको छ ।
यसअघि, हिजो बुधबार उनका दुवै छोरा नेपाल आएरपछि एमाले पार्टी कार्यालय च्यासलमा रहेको नेम्वाङको पार्थिव शरीर निजी निवास बालुवाटार लगिएको थियो ।

सोमबार राति हृदयतघातबाट निधन भएका नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि मंगलबार दिउँसो पार्टी कार्यालय पुर्याइएको थियो । जहाँ प्रधानमन्त्रीदेखि दलका शीर्ष नेता तथा कार्यकर्ता, शुभेच्छुकहरुले श्रद्धाञ्जली अर्पण गरेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस