नेकपा एसले तोक्यो प्रदेशदेखि जिल्ला इन्चार्ज र सहइन्चार्ज

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० भाद्र २८, बिहिबार (१ साल अघि)
  • २४ पटक पढिएको
Post Thumbnail

भाद्र २८, काठमाडौँ । नेकपा एकीकृत समाजवादी केन्द्रीय कमिटीको कार्यविभाजनमा केही हेरफेर गरेको छ । भदौ ५ देखि ७ सम्म बसेको केन्द्रीय कमिटीको बैठकको निर्णय पार्टीमा सर्कुलर पठाउँदै नेताहरुको जिम्मेवारी हेरफेर भएको जानकारी गराएका छन् ।

केन्द्रीय सचिवालयको ६६ औँ बैठकले यस पटक सङ्घीय निर्वाचन क्षेत्रसम्म केन्द्रीय कमिटीका सदस्यलाई इञ्चार्ज बनाउने गरी कार्यविभाजन गरिएको छ ।
अध्यक्ष नेपालले पार्टी कामको नेतृत्व गर्ने र महासचिव घनश्याम भुसालले समग्र साङ्गठनिक कामको अनुगमन र मोर्चा सङ्गठनका कामको विशेष अनुगमन गर्ने जिम्मेवारी दिएको छ ।

बैठकले प्रदेश इञ्चार्ज, सहइञ्चर्ज र पदाधिकारी तोकेको छ । यस्तै, जिल्ला÷विशेष जिल्ला कमिटी तथा सङ्घीय निर्वाचन क्षेत्रका इञ्चार्ज तथा सहइन्चार्ज पनि तोकेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस