इमानपूर्वक न्याय सम्पादन गर्ने प्रतावित न्यायाधीश शर्माको प्रतिबद्धता

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० भाद्र २९, शुक्रबार (१ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

भाद्र २९, काठमाण्डौँ । सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश विनोद शर्माबारे संसदीय सुनुवाइ सुरू भएको छ । पहिलो सिफारिसमा निर्णय नभएपछि परिषदले दोस्रो पटक उनको नाम सर्वोच्चको न्यायाधीशमा सिफारिस गरेपछि संसदीय सुनुवाइ अघि बढेको हो ।

संसदीय सुनुवाइ समितिले यसअघि नै १० दिनको म्याद दिएर उजुरी आह्वान गरेको थियो । तर उनीविरूद्ध कुनै उजुरी नपरेपछि सिधै सुनुवाइ अगाढि बढाइएको हो । शर्मा ओखलढुंगा निवासी हुन् । शर्मालाई यही भदौ १० गतेको न्यायपरिषद् बैठकले सर्वोच्चको न्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको थियो ।

शर्माको नाम २०७९ भदौमाा पनि सर्वोच्चको न्यायाधीशका लागि सिफारिस भएको थियो । तर त्यसबेला संसदीय सुनुवाइ समितिमा पत्र पुगेर पनि सुनुवाइ रोकिँदा नियुक्ति हुन सकेको थिएन । त्यसबेला शर्मासहित तीन जनाको नाम सिफारिस भएको थियो। यस पटक भने शर्माको मात्रै सिफारिस भएको हो ।

संसदीय सुनुवाइ प्रक्रिया पूरा भएपछि शर्माको नियुक्ति प्रक्रिया टुंगिनेछ । कुनै उजुरी नपरेपछि समितिले उनको नाम सर्वसम्मत अनुमोदन गर्न सक्ने सम्भावना छ । उनलाई त्यसपछि राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्चको न्यायाधीशमा नियुक्त गर्नेछन् ।
शर्माले सुनुवाइका क्रममा नागरिकले अपेक्षा गरेको भूमिका निर्वाह गर्ने प्रतिवद्धता जनाएका छन् । उनले इमान्दारीपूर्वक काम गर्ने बताउँदै आफ्नो अवधारणा र कार्ययोजना पनि प्रस्तुत गरेका छन् । उनले सुनुवाइका क्रममा वास्तविक न्यायाधीशको चरित्र उसको आचरण र व्यवहारले देखाउने बताउँदै गुणस्तरीय न्याय सम्पादनमा कटिबद्ध भएको उल्लेख गरेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस