भाद्र २९,काठमाडौँ । सरकारले प्रधानमन्त्रीको चीन भ्रमण स्वीकृत गरेको छ । शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बसेको मन्त्रीपरिषद्को बैठकले प्रधानमन्त्रीको चीन भ्रमण स्वीकृत गर्ने निर्णय गरेको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संयुक्त राष्ट्रसंघको महासभा भाग लिन शनिबार जाँदैछन् । प्रधानमन्त्री उतैबाट असोज ५ गते चीनको भ्रमणमा जाने कार्यतालीका रहेको छ ।