अन्तरपार्टी निर्देशनबारे झलनाथको प्रतिक्रिया– ‘सहमतिबिना अपानी जारी भयो, छलफल गर्छौं’

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० भाद्र २९, शुक्रबार (१ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

भाद्र २९,काठमाडौँ । पूर्वप्रधानमन्त्री एवम् एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले कार्यविभाजनसम्बन्धी पार्टीको निर्णय खतरनाक भएको प्रतिक्रिया दिएका छन् । राजधानीमा शुक्रबार सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै कार्यविभाजन गर्ने निर्णयमा कसैको पनि सहमति नभएको जिकिर गरे ।

‘यो एकदमै खतरनाक कुरा हो । यसमा कसैको पनि सहमति छैन । पार्टीको कुनै कमिटीले गरेको निर्णय हुँदै होइन’, उनले भने, ‘सहमतिबिना अपानी जारी भएको छ, त्यसबारे छलफल गर्दैछौं ।’

नेकपा एसले केन्द्रीय सदस्यहरूको जिम्मेवारी हेरफेर गर्दे अन्तरपार्टी निर्देशन (अपानि) जारी गरेको थियो । कार्यविभाजनलाई लिएर पदाधिकारीदेखि केन्द्रीय सदस्यहरूसम्मले तीव्र असन्तुष्टि देखाएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस