शिक्षाको गुणस्तर सुधार गर्न आधारभूत तहबाटै थालनी गर्नुपर्छ : मन्त्री चौधरी

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०८१ बैशाख ६, बिहिबार (१ साल अघि)
  • ३० पटक पढिएको
शिक्षाको गुणस्तर सुधार गर्न आधारभूत तहबाटै थालनी गर्नुपर्छ : मन्त्री चौधरी

बैशाख ६, काठमाण्डौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले गुणस्तरीय शिक्षाको विकास गर्न आधारभूत तहबाटै शिक्षामा लगानी गर्न आवश्यक रहेको बताएकी छन् । शुक्रबार स्वर्गीय दुर्गा दाहालको ७२ औँ जन्म जयन्तीको सन्दर्भमा दुर्गा दाहाल स्मृति कोष व्यवस्थापन समिति धनकुटाले काठमाडौंमा गरेको कार्यक्रममा मन्त्री चौधरीले यस्तो बताएकी हुन् । 

‘अझैपनि हाम्रो शिक्षा गुणस्तरीय छैन । हाम्रा पाठ्यक्रमहरू गुणस्तरीय छैनन् । तर पनि डम्बर चेम्जोङ जस्तो व्यक्तिहरू अमेरिकासम्म पुगेर पीएचडी गर्नु समाजका लागि निकै ठुलो कुरा हो’, मन्त्री चौधरीले भनिन्, ‘आधारभूत शिक्षा आधारभूत विद्यार्थीले सिक्ने ‘चाइल्ड सेन्ट्रिक मेथोलोजी हो कि, टिचर सेन्ट्रिक हो’ त्यसमा हामीले ध्यान दिन आवश्यक छ ।

उनले विद्यालयको भौतिक पूर्वाधारलाई समेत सबल बनाउँदै लैजानुपर्ने बताइन् । अहिले विद्यालय शिक्षा ऐन संशोधन र परिमार्जन गर्न बनेको विधेयक संसद्‍मा टेबल भएर संशोधनका लागि छलफल भइरहेको उल्लेख गर्दै उनले संघीय शिक्षा ऐन आउन बाँकी नै रहेको बताइन् । संघीय शिक्षा ऐन एकीकृत रुपमा तीन वटै तहको सरकारलाई समेट्ने गरी आउन आवश्यक रहेको समेत उनको भनाइ थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस