लुम्बिनी सरकारबाट बाहिरियो जसपा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ बैशाख ९, आईतबार (१ साल अघि)
  • ३४ पटक पढिएको
लुम्बिनी सरकारबाट बाहिरियो जसपा

बैशाख ९, बुटवल । जनता समाजवादी पार्टी जसपा लुम्बिनी सरकारबाट बाहिरिएको छ ।

जसपाबाट भण्डारीलाल अहिर सरकारमा सहभागी हुनुभएको थियो । कृषि तथा भूमि व्यवस्था मन्त्री रहेका अहिरले पदबाट राजीनामा दिएका हुन् । गत चैत २५ मा अहिर मन्त्री नियुक्त भएका थिए ।

जसपाले दुई मन्त्रालय माग गरेकोमा एउटा मात्रै मन्त्रालय दिइएपछि सरकारबाट बाहिरिने निर्णय गरेको हो । सोही निर्णयका आधारमा मन्त्री अहिरले आइतबार राजीनामा दिएका हुन् ।

८७ सदस्यीय लुम्बिनी प्रदेशमा जसपाका तीन सांसद रहेका छन् । मुख्यमन्त्री जोखबहादुर महराले चैत्र ३० गते विश्वासको मत लिदा ४८ मत पाएका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस