‘हौसिएर कम्युनिष्ट एकता गर्ने कुरा अहिले ठिक छैन’ : प्रधानमन्त्री दाहाल

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ बैशाख १०, सोमबार (१ साल अघि)
  • ३१ पटक पढिएको
Post Thumbnail

बैशाख १०, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हतार गरेर हौसिएर कम्युनिष्ट एकताको पक्षमा नभएको बताएका छन् ।

एमालेले आयोजना गरेको नेकपा हीरक महोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सहकार्य गर्दै जाँदा एकताको वातावरण बन्ने भन्दै अहिले नै हतारिएर एकता नगर्ने बताएका हुन् ।

उनले भने, ‘अहिले हतारमा हौसिएर कम्युनिष्ट एकता भन्ने पक्षमा छैनौं । त्यति बेला समय भन्दा गाडी दौडिएछकी जस्तो लाग्छ । अहिले सहकार्य शुरु गरेका छौं । राम्रो सहकार्य गरौँ । जनतालाई राम्रो सेवा दिऊँ । सहकार्य गर्दै जाँदा एकताको आधार तयार हुन्छ भन्ने लाग्छ ।’

ताजा अपडेट

खोजी गर्नुहोस